भियतनामकी उपराष्ट्रपति सुआनले गरिन् पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौँ- समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि गत शनिवार काठमाडौँ आएकी उनले सोमबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन गरेकी हुन् । उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले दरबार क्षेत्र अवलोकन गराएका थिए । सो क्रममा विभिन्न अधिकारीहरूसँग सुआनले फोटोसुट पनि गरिन्…