गोरखा । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्ती मोडमा भएको माइक्रो बस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रो बस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए…