रौतहटको कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, खोजीमा जुट्यो प्रहरी

रौतहट । रौतहटको कट हरिया नगरपालिका-५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ । बेपत्ता हुनेहरूमा कट हरिया-५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा…