नेपालगञ्जर । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा. बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए। “पहिलेभन्दा सङ्ख्यात्मक रूपमा छाला रोगका बिरामी बढिरहेका छन्”, उनले भने । उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ…