काँग्रेसले भन्यो-‘कुलमानलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिऔँ, ढुक्क हुन्छ’

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनुपर्ने अभिव्यक्ति दिएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण र घिसिङसँग सम्बन्धित विषयमा धारणा राखेपछि दलीय आधारमा बोलेका काँग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङलाई देवत्वकरण गर्ने काम भइरहेको बताएका हुन्। बुधबारको प्रतिनिधि…