सय रोपनी जग्गा भाडामा लिएर रैथाने खेतीमा रमाउँदै ध्रुव

म्याग्दी  - रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर…