मकवानपुर । हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उनको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने उनी शनिवार बिहान मृत फेला परेका थिए…