काठमाडौं। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण…