काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्न महानगर लगानी गर्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौँ न । विदेशतिर रात्रिकालिन ‘जू’…