काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने तमु ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । ‘तमु ल्होसार’ले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन…