विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : गृह मन्त्री लेखक

काठमाडौँ । गृह मन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए…