काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र महाधिवेशनको समयसूचीबारे देखिएको विवाद समाधान गर्न सक्रिय भएका छन्। सिंगापुरमा १८ दिन स्वास्थ्योपचारपछि शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि यस विषयमा नेताहरूसँग निरन्तर भेटघाट सुरु गरेका हुन् उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिक रूपमा नभई अनौपचारिक तौरमा विवाद मिलाउने प्रयासमा जुटेको एक वरिष्ठ नेताले जानकारी…