काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि मतदान प्रक्रिया सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो । तर, साढे…