रोहित र इशानको अर्धशतकमा नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक पारी खेले । उनले ९८ बलमा ५…