काठमाडौँ - भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधान सभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।…