निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना

काठमाडौँ । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको भन्दै मल्टि एड्भेञ्चर प्रालिलाई अध्यागमन विभागले कारबाही गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त कम्पनीलाई अध्यागमन ऐन, २०४९ बमोजिम पहिलो पटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरिएको हो। कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा जर्मनीका नागरिक मार्टिन श्रमनलाई लिएर गएको थियो। नेपाल सरकारले…