सरकारका निर्णय : पोखरा र गौतमबुद्ध विमानस्थलमा हवाई शुल्क छुटदेखि मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेजसम्म

काठमाडौं । सरकारले न्यायिक निकायका नेतृत्व नियुक्ति, अन्तर्राष्ट्रिय विमानस्थलको हवाई शुल्क छुट, मिटरब्याज पीडितका माग सम्बोधन तथा अन्य प्रशासनिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको छ । यस्तै, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई जिम्मेवारी दिइएको छ । बैठकले गुठी…