काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ । यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लामो दूरीका बसमा दुई चालक भए–नभएको नियमित जाँच तथा अनुगमन गर्ने जनाएको छ । नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी…