नेपालले भारतलाई मैत्रीपूर्ण फुटबलमा २–१ ले पराजित, सावित्रा भण्डारीको दुई गोल निर्णायक

भारत। नेपालले कप्तान सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले शानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित हासिल गरेको हो। खेलको दोस्रो मिनेटमा साम्बाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दोस्रो हाफको ६३औँ मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल…