काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासको पार्टी नभएको बताउनुभएको छ। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री थापाले कांग्रेस मानिसहरूको पार्टी भएकाले विवेक प्रयोग गर्ने दाबी गर्नुभयो।महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई राजीनामा दिन सुझाएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न…