जितका लागि नेपालले पायाे २०७ रनको विशाल लक्ष्य

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत भइरहेकाे खेलमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार…