काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको मिति सार्ने निर्णयपछि उत्पन्न विवाद समाधानका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे बोलाइएको छ। सहमहामन्त्री महेन्द्र यादवले पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान भएको जानकारी दिएका हुन्। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पुस २६–२८ गते तोकिएको १५औँ महाधिवेशनको कार्यतालिका पूरा नहुने देखेर वैशाख २८–३१ गते काठमाडौंमा महाधिवेशन गर्ने बहुमत…