अस्पतालबाट डिस्चार्ज भएकालाई फर्काउँदा पुनः हिंसा भड्किने त्रास

काठमाडौँ । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका ४८ कैदीबन्दीमध्ये सेती प्रादेशिक अस्पतालले नौ जनाबाहेक सबैलाई डिस्चार्ज गरिसकेको छ। तर डिस्चार्ज भएका कैदीबन्दीलाई कारागार प्रशासनले पुनः कैलाली कारागार फर्काउन सकेको छैन। कारागार प्रशासक जालन्धर भुसालका अनुसार डिस्चार्ज भइसकेका २९ कैदीबन्दीलाई अहिले पनि अस्पतालमै राखिएको छ। तीमध्ये ६ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिसकिएको छ भने…