तनहुँ । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएकी छिन् । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताइन् । “पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घर भित्रै पसौँला…