४५ वर्षअघि महोत्तरीको बेंखाडी र हात्तिलेटमा प्रहरीले बन्दुक पड्काएको घटनाले अहिले पनि स्थानीयलाई त्रसित बनाइरहन्छ । २०३६ साल असोज ६ गते दिउँसो स्थानीय युवा कृष्णबहादुर रानाको मृत्यु हुने गरी प्रहरीले चलाएको त्यो गोली गाउँलेहरूले अझै बिर्सन सकेका छैनन् । प्रहरीको नियन्त्रणमा रहेका आफ्ना काका प्रेमबहादुर रानालाई फुत्काउने क्रममा ४५ वर्षअघि अर्थात् असोज ६ गते दिउँसो…