नयाँ दिल्ली — भारतको उत्तराखण्डमा मंगलबार र बुधबार गएको बाढीपहिरोमा कम्तीमा १९ नेपाली बेपत्ता भएको परिवारजनले जानकारी दिएका छन्। दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता नेपाली नागरिकको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको जनाएको छ। परिवारजनका अनुसार जाजरकोटका १३, बर्दियाका चार, जुम्ला र रोल्पाका एक–एक गरी १९ जना बेपत्ता छन्। तीमध्ये जाजरकोटका पाँच, जुम्ला र रोल्पाका एक–एक गरी सात…