काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा बाढीबाट विस्थापित परिवारको यथाशीघ्र पुनःस्थापना गर्न सरकारले सुरक्षित जग्गा पहिचानको प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाढी प्रभावित परिवारको अस्थायी बसोबास र दीर्घकालीन पुनःस्थापनाका लागि उपयुक्त जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिमा संघीय मामिला महाशाखा, पूर्वाधार मन्त्रालय,…