काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाको भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई पाँच बुँदे सुझाव दिएको छ। संसद्को विशेष बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै विपद्को व्यवस्थापनमा भएका कमजोरीप्रति खबरदारीसमेत गरेका हुन्। आङ्देम्बेले ‘सरकार सामाजिक सञ्जालमा अल्झिएको, जोखिममा परेका समुदायसम्म समयमा पुग्न…