ताेकीएकै समयमा बस्न सकेन संसद्, कांग्रेसकाे अवरोध हटाउने कसरतमा प्रधानमन्त्री

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो । सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।…