बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा गर्न शेखर कोइरालाको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन् । यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको समेत बताए  । बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्।  गत जुलाईदेखि…