मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं ३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिवरटी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ…