बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने

नयाँ दिल्ली - पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको छ । हसिना अन्यत्र नजाँदासम्म भारतले उनका लागि सबै लजिष्टिक टेवा उपलब्ध गराउने पनि समाचारमा भनिएको छ । हसिनालाई भारतले सुरक्षित स्थानमा राखेको छ ।…