पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा

काठमाडौं – मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्। मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै ३६ जिल्ला मध्यम जोखिममा र ७ जिल्ला निम्न जोखिममा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएकाले कोशी प्रदेशका ४, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १०…