सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी रु १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकी महिला २१ वर्षीय सिन्दु चन्द हुन्, जो दैलेखको नौमूले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा बस्दै आएकी थिइन्। उनले विसं २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेतस्थित बुलबुले…