किसानकाे गाेठगाेठ पुग्छन् नगरपालिकाले खटाएका भेटेरिनरी डाक्टर !

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सुरु गरेको छ । पालिकाका १६ वटै वडामा महिनाको एक पटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्नेगरी सेवा सुरु गरिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरिएको छ…