एनएमबि लघुवित्तले २ करोड २४ लाख घाटा खायो, कारण यस्तो

काठमाडौं । खराब कर्जा चुलिएर इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म घाटा व्यहोर्नुपरेको छ। शुक्रबार सार्वजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ६ करोड ३८ लाख…