काठमाडौ । अपर तामाकोशी हाइड्रोपावरको आज बुधबार भदौ ६ गते वार्षिक साधारण सभा बस्दैछ । सो सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ…