रासायनिक मलको मूल्य घट्दा कृषिको बजेट घटेजस्तो देखियो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए । ‘मलको परिमाण गत वर्षभन्दा बढी नै आयात हुन्छ र पर्याप्त आपूर्ति हुन्छ,’ उनले भने । सरकारले बजेटमार्फत कृषिमा लगानी दशक…