नारायणगढ । धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेको धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् । भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रूपमा फैलिएको बताउछन् । उनले…