आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझ अबेर मात्र घर फर्किन्छिन् । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त छिन् । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा…