भारतको चर्चित अथर ब्रान्डको विद्युतीय स्कुटर नेपालमा, के छ विशेषता ?

काठमाडौं । भारतको चर्चित तथा सबैभन्दा ठूलो फास्ट चार्जिङ सञ्जाल भएको विद्युतीय स्कुटर ब्रान्ड अथर नेपाल भित्रिएको छ । वैद्य अर्गनाइजेसनले आउँदो सोमबारदेखि नेपाली बजारमा बिक्री गर्ने उद्देश्यका साथ अथर इलेक्ट्रिक स्कुटर ल्याएको हो । २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा अथर ४५० एक्स मोडेल सार्वजनिक हुने तयारीमा छ ।…