आधा भन्दा कम कर्मचारीले धानेको यातायात कार्यालय !

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए । कार्यालयमा १८ जनाको दरबन्दीमा ७ जनामात्रै कर्मचारी रहेको उनले बताए । “ दरबन्दी अनुसार कर्मचारी छैनौँ, सेवाग्राहीको चाप…