बनाएका भाँडा झरीका कारण सुकाउन नपाउँदा पीडामा कुमाले समुदाय

भक्तपुर । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टीमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् । भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले समुदायले व्यावसायिक…