वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

काठमाडौँ । बजेटसँगै संसद्मा टेबल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुवै कार्यक्रम पारित गरेको हो…