गोरखा । सरकारले चर्चाकाे शिखरमा रहेकाे राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरे । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा…