दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका- ४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो। भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार,…