बेनी–जोमसोम सडक : ५५ बढी ठाउँमा पहिरो, वैकल्पिक मार्गको माग

म्याग्दी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी…