भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

भक्तपुर । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ ।…