लापरबाहीकाे पराकाष्ठा : ठेक्का लागेकाे ७ वर्षपछि पुलकाे डिजाइन फेरिँदै

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल ४ वर्षअघि नै बनिसक्नुपथ्र्यो । २०७६ असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ असार ३० गते…