निर्माणधीन र रणनीति सडकको निर्माण ५ वर्षभित्र सकिने

काठमाडौँ । सरकारले निर्माणधीन र रणनीति सडकको निर्माणको कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणधीन सडक पूर्वाधार र रणनीतिक सडक निर्माणको कार्य ५ वर्षभित्र सम्पन्न गर्ने घोषणा गरे ।