सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

पर्वत– लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतकोे जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग…